संखुवासभामा विष्फोटक पदार्थ बनाउने सामाग्री सहित एक जना पक्राउ 

संखुवासभामा विष्फोटक पदार्थ बनाउने सामाग्री सहित एक जना पक्राउ 

संखुवासभा, साउन २६ गते ।

संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-११ स्थित सभाखोलाबाट शुक्रबार दिउँसो १२:३० बजे प्रहरीले विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री सहित १ जनालाई पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा धरानबाट खाँदबारीतर्फ आउँदै गरेको को १ च ३२६८ नम्बरक बलेरो जीपबाट ५० किलो (२ बोरा) विष्फोटक पदार्थ बनाउने प्रयोग हुने सोडा बरामद गरेको हो ।

जीपको पछाडी लुकाई राखेको अवस्थामा सोडा बरामद भएपछि प्रहरीले सो समाग्री ल्याउने संखुवासभा जिल्ला सभापोखरी गाउँपालिका-३ बस्ने वर्ष ३३ को बिक्रम घलेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्