धरानस्थित पिण्डेश्वर बाबाधाममा दैनिक महाआरती लगाउन सुरु

धरानस्थित पिण्डेश्वर बाबाधाममा दैनिक महाआरती लगाउन सुरु

बिराटनगर साउन २७ , साउन लागेसँगै भगवान शिवको पूजाअर्चना गर्न भिड लाग्ने धरानस्थित पिण्डेश्वर बाबाधाममा दैनिक महाआरती लगाउन सुरु गरिएको छ ।

कौशिकी नदीबाट जल ल्याई पूजाआजा गर्न साउन १ गतेदेखि नै खुल्ला गरिएको पिण्डेश्वर मन्दिरमा आउने भक्तजनहरुका लागि महाआरतीको सुरु गरिएको हो ।अघिल्लो वर्ष भारतबाट पण्डालहरु ल्याएर १ हप्ता महाआरती लगाइएको थियो ।यस वर्ष भने धरानकै पण्डालहरुबाट महाआरती पूजा सुरु गरिएको छ । साउन ३१ गतेसम्म दैनिक साझमा महाआरती हुने पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ ।

शिवजीको महिमा जोडिएको पिण्डेश्वर मन्दिरमा दैनिक रुपमा महाआरती लगाउने तयारी भइरहेको पनि समितिले जनाएको छ । साउनमा प्रदेशका विभिन्न जिल्ला तथा भारतको उत्तर क्षेत्रबाट करिब ५० लाख भक्तजनहरु आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्