विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई ५ वर्ष जेल र ५० हजार जरिवाना

<span class='c1'>विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई ५</span> <span class='c2'>वर्ष जेल र ५० हजार जरिवाना</span>

काठमाडौं साउन २८ । नेपाली कानुनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ । आगामी भदौ १ गतेबाट लागु हुने मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्यूनतम १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ ।

बहुविवाह गर्ने पुरुषलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ । विवाहित पुरुषको पत्नीले कानुन बमोजिम अंशवण्डा गरेर भिन्न भएको अवस्थामा मात्र अर्को विवाह गर्न पाइने ऐनमा व्यवस्था गरिएको छ ।

विवाहित पुरुषसँग जानीजानी महिलाले पनि विवाह गर्न नपाइने ऐनमा व्यवस्था गरिएको छ । विवाहित पुरुष भनेर थाहा हुँदा हुँदै उक्त पुरुषसँग विवाह गर्ने महिलालाई पनि १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्