बिराटनगर साउन २८ । मोरङ क्षेत्र नम्बर ३ (क) बाट निर्बाचित प्रदेश सभाका सदस्य सुयर्माराज राई नेपाली काँग्रेस प्रदेश १ प्रदेशसभाको संसदीय दलको सचेतक पदमा नियुक्त भएका छन ।
उनलाई यहि साउन २४ गते सो पदमा नियुत्त गरिएको हो । मोरङको बिभिन्न खोलाहरुमा भएको चरम दोहन,लगायतका बिषयमा शसत्त आवाज उठाएर चर्चामा आएका राई बौद्धिक नेताका रुपमा समेत परिचित छन ।