हेलचेक्र्याइँ गर्दा बिरामीको मृत्यु भए जेल सजायको विरोधमा डाक्टर, भन्छन्– भदौ १ गतेबाट बिरामी जाँच्दैनौं

<span class='c1'>हेलचेक्र्याइँ गर्दा बिरामीको मृत्यु भए जेल सजायको विरोधमा</span> <span class='c2'>डाक्टर, भन्छन्– भदौ १ गतेबाट बिरामी जाँच्दैनौं</span>

काठमाडौं२८ साउन ।  भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी अपराध संहिता ऐन २०७४लाई संशोधन गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । संहिता संशोधन नभए भदौ १ गतेबाट बिरामी नजाच्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

संघले सोमबार पत्रकारसम्मेलन गर्दै भदौ १ गतेबाट देशभरका डाक्टरहरुले एप्रोन र लाइसेन्स काउन्सिलमा बुझाउने निर्णय गरेको संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले बताए । मुलुकी फौजदारी अपराध संहिताको दफा २३० को उपदफा ४ मा चिकित्सा सेवा दिँदा चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान मर्न गएमा कसूरदारलाई जन्मकैद हुने छ र अंगभंग भएका १५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ ।

त्यस्तै दफा २३२ अनुसार कसैको इलाज गर्दा पर्याप्त होरियारी वा सावधानी नअपनाइ लापरवाही वा हेलचक्रयाइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्दा कसैको ज्यान गएमा पाँच वर्षसम्म कैद र पचासहजार रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था गरिएपछि चिकित्सकहरु विरोधमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्