सुनसरी, २९ साउन ।
सुनसरीको गढी गाउँपालिका विरुद्ध स्थानीय विपक्षी दलले मोर्चाबन्दी गरेका छन् ।गाउँपालिकामा चरम भ्रष्टाचार भएको ठहर गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा र संघीय समाजवादी फोरममा आवद्ध नेता तथा कार्यकर्ता मोर्चाबन्दीमा उत्रेका हुन् । दुवै पार्टीमा रहेका गाउँपालिका तहका नेता तथा कार्यकर्ताहरु सम्मिलित मोर्चाले गाउँपालिकाको हर हिसाब किताब पारदर्शी गरिनुपर्ने माग गरेको छ । पत्रकार सम्मेलन गरी मोर्चाले सार्वजनिक चासो र सुचनाको हकसम्बन्धी विषयलाई कुण्ठित गर्न खोजिएको आरोप लगाएको छ । पटकपटकको ताकेताका बाबजुत सुचना उपलब्ध नगराइएको मोर्चाको भनाई छ ।