जवरजस्ती तस्वीर खिचे १ बर्ष कैद

<span class='c1'>जवरजस्ती तस्वीर खिचे</span> <span class='c2'>१ बर्ष कैद</span>

काठमाडौं, २९ साउन। भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ ।

मुलुकी ऐनमा गोपनीयताविरुद्धको कसुरमा अनुमतिविना कुनै पनि व्यक्तिको तस्वीर खिच्न नपाइने व्यवस्था गरिएको छ । अनुमतिविना कुनै व्यक्तिको तस्वीर खिच्न र निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन र प्रकाशन गर्न निषेध गरिएको छ । कानुनमा अनुमतिविना तस्वीर खिचेमा एक वर्ष कैद वा १० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने ब्यवस्था गरिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्