ईलाममा स्कुल बस दुर्घटना हुँदा १४  बालबालिका घाइते

<span class='c1'>ईलाममा स्कुल बस दुर्घटना</span> <span class='c2'>हुँदा १४  बालबालिका घाइते</span>

ईलाम,२९ साउन ।  ईलाम नगरपालिका-१ बागखोर स्थित मेची राजमार्गमा सोमबार विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १४ जना बालबालिका घाइते भएका छन् । राँके बजारबाट विद्यार्थी लिएर स्कुलतर्फ आउँदै गरेको स्थानीय आशादिप बोर्डिङ स्कुलको मे १ ख १९५५ नम्बरको बस विपरित दिशाबाट आउदै गरेको ट्रकलाई साइड दिने क्रममा सडकबाट २५ मिटर तल खस्दा १४ जना विद्यार्थी सामान्य घाइते भएका हुन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटिगई घाइते बालबालिकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल ईलाम पठाइएको छ । बसका चालक प्रहरी चौकी रक्सेको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्