ठाउँ-ठाउँमा विप्लवको नक्कली बम, पाँच जना पक्राउ

<span class='c1'>ठाउँ-ठाउँमा विप्लवको नक्कली बम,</span> <span class='c2'>पाँच जना पक्राउ</span>

नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले घोषणा गरेको नेपाल बन्दको क्रममा काठमाडौं र ललितपुरका विभिन्न स्थानमा नक्कली बम फेला परेका छन् ।

कतिपय स्थानमा फेला परेका प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ ।

विप्लव समुहले ललितपुरको रिङरोड क्षेत्रका चार स्थान मध्ये ग्वार्कोस्थित गुण सिनेमा नजिकै र बटुकी भैरम मन्दिर अगाडि राखेको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ ।
‘ग्वार्को र बटुकीभैरव बाहेक अन्य दुई स्थानमा पनि शंकास्पद बस्तु भेटिएको थियो, तर ति सवै होस्ट रहेछन्’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरिक्षक शेखर खनालले भने, ‘शंकास्पद क्रियाकलापमा संलग्न तीन जनालाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले गोदावरी नगरपालिकास्थित लेले बस्दै आएका कुमार सिलवाल, चापागाउँ बस्ने चन्द्र परियार र महालक्ष्मी नगरपालिकाको  लुभु बस्ने जयराम श्रेष्ठलाई पक्राउ गरेको छ ।

काठमाडौंको जमलमा प्रेशर कुकर बम राख्न जाँदै गर्दा प्रहरीले विप्लका दुई कार्यकर्तालाई बम सहित नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको प्रहरीले चेकिङको क्रममा अखिल क्रान्तिकारी विप्लव समुहको केन्द्रिय सदस्य उषा किरण आजाद र अनेमसंघ क्रान्तिकारी उपत्यका सचिव तारा सञ्जेल राउत पक्राउ गरेको हो ।

काठमाडौंको धर्मस्थली र नैकाप उकालोमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ । प्रहरी स्रोतका अनुसार बल्खु र सतुंगलमा समेत शंकास्पद बस्तु फेला परेको छ ।

‘बस्ती भन्दा टाढा केही शंकास्पद बस्तु भेटिएका छन्, तर तिमध्ये धेरैजसो नक्कली रहेको खुलेको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘बन्दको समयमा भौतिक क्षति हुन नदिनेतर्फ सचेत रहँदै हामीले शुरक्षा ब्यवस्था मजबदु बनाएका छौं ।’ (रातोपाटी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्