मोरङको जुडी खोलाले बगाई बेपत्ता २ जनाको शव फेला 

मोरङको जुडी खोलाले बगाई बेपत्ता २ जनाको शव फेला 

मोरङ, साउन ३०।

मोरङ जिल्लाको ग्रामथन गाउँपालिका-३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका रंगेली नगरपालिका-२ बस्ने वर्ष ३५ को गोपाल मुडियारी र जहदा गाउँपालिका-३ हाथीनबन्दा बस्ने वर्ष १७ को मिथुन कुमार मण्डलको शव फेला परेको छ ।

साउन २७ गते आईतबार खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका गोपाल मुडियारीको साउन २८ गते सोमबार साँझ र मिथुन मण्डलको साउन २९ गते मंगलबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्