झापाबाट नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

<span class='c1'>झापाबाट नेपाली नक्कली नोटसहित</span> <span class='c2'>दुई भारतीय नागरिक पक्राउ</span>

बनियानी, झापा (रासस) । पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै जनालाई मेचीनगर–६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरिएको हो ।

प्रहरीले सतिसको साथबाट रु ३३ हजार र हितेसको साथबाट रु १७ हजार नेपाली नक्कली नोट बरामद गरेको छ । दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्