अब सडकमा बसेर माग्न नपाइने !!

<span class='c1'>अब सडकमा बसेर</span> <span class='c2'>माग्न नपाइने !!</span>

काठमाडौं । भदौ १ गतेदेखि लागु हुने मुलुकी अपराधसंहिता ऐन–२०७४ ले अब सडकमा बसेर माग्न नपाइने व्यवस्था गरेको छ । ऐनमा  अब कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिनुहुँदैन भनिएको छ ।

पहिलोपटक भिक्षा मागेको भए एक महिनासम्म कैद वा एक हजार रूपैयाँसम्म जरिबाना र दोस्रोपटकदेखि प्रत्येकपटक दुईमहिनासम्म कैद वा दुईहजार रुपैयाँसम्म जरिबाना या पहिलोपटक भिक्षा माग्न लगाएको भए एक वर्षसम्म कैद वा दशहजार रुपैयाँसम्म जरिबाना वा दुवै र दोस्रोपटकदेखि प्रत्येकपटक तीनवर्षसम्म कैद वा तीसहजार रुपैयाँसम्म जरिबाना वा दुवैको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्