फौजदारी अभियोग साबित भए बिहे निषेध

<span class='c1'>फौजदारी अभियोग साबित</span> <span class='c2'>भए बिहे निषेध</span>

काठमाडौं,  ३० साउन । नयाँ मुलुकी देवानीसंहिता ऐन, २०७४ को भाग ३ मा पारिवारिक कानुनको व्यवस्था गरिएको छ । अब फौजदारी अभियोगमा सजाय भोगेकाले विवाह गर्न पाउनेछैनन् । देवानीसंहिता ऐनको दफा ७१ अनुसार विवाह गर्न हुने र नहुने, विवाह बदर गर्न सकिनेलगायत व्यवस्था गरिएको छ ।

दफाको २ (छ) मा नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरी अदालतबाट सजाय पाएकाले विवाह गर्न नपाउने व्यवस्था गरिएको छ । उपदफा ३ अनुसार कसुरदार व्यक्तिले झुक्याई विवाह गरे मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन तथा झुक्याई विवाह गर्ने वा गराउनेबाट मनासिब क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्