सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरिने

<span class='c1'>सबै स्थानीय तहमा रोजगार</span> <span class='c2'>सूचना केन्द्र स्थापना गरिने</span>

काठमाडौं । सरकारले सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सृजना हुनेगरी ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन् । 
बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले रोजगारीको हकलाई मौलिक हकको रुपमा प्रत्याभूति गराउन रोजगार सम्बन्धि ऐन पनि छिट्टै संशोधन गर्ने कार्ययोजना अघि सारे । मन्त्री विष्टले रोजगारीको अवसर नपाएका गरिव समुदायलाई पनि न्यूनतम १०० दिन रोजगारीको अवसर सृजना गर्ने मापदण्ड पनि सरकारले तयार पारेको स्पष्ट पारे । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाएर चालू आर्थिक वर्ष भित्र सरकारले व्यापक रोजगारीको अवसर सृजना गर्ने दावी पनि गरे । सरकारले चालू आर्थिक वर्ष भित्र कम्तीमा १ लाख रोजगारीको अवसर सृजना गर्ने लक्ष्य लिएको छ ।
मन्त्री विष्टले घरेलु कामदारलाई पनि संचय कोषको व्यवस्था हुने गरी पंजीकरणको काम सुरु गर्ने घोषणा पनि गरे । उनले सबै स्थानीय तहबाट घरेलु कामदारहरुको पनि पंजीकरण गरी उनीहरुलाई पनि संचय कोषको व्यवस्था गर्ने तयारी भईरहेको जानकारी दिए ।
बैठकमा समितिका सदस्यहरुले रोजगारीको अवसर सृजना गर्नका लागि आवश्यक लगानीको व्यवस्था गर्न मन्त्री विष्टको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्