सप्तकोसी नदीले चतरामा खतराको घन्टी

सप्तकोसी नदीले चतरामा खतराको घन्टी

काठमाडौँ साउन ३० । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाले सप्तकोसी नदीले चतरामा सतर्कता तह पार गरेको बताएको छ । सप्तकोसी र शाखा नदीहरूको जलसतह बढ्दा चतरा क्षेत्र डुवानमा पर्ने खतरा औंल्याएको हो ।

त्यस्तै अरुण नदीको अवस्था पनि त्यस्तै छ । नदीको सतह सतर्कता तह पार गरेर खतराको तहमा पुग्न लागेकाले तटीय क्षेत्र खाली गर्नुका साथै उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । विभागले गएरातिदेखि परेको अविरल वर्षातका कारण सुनकोसी नदीको पनि बहाव बढेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्