प्रावि शिक्षक ४५ हजार घुससहित पक्राउ

प्रावि शिक्षक ४५ हजार घुससहित पक्राउ

रौतहट, ३० साउन । रौतहट सदरमुकाम गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा कार्यरत प्रावि तहका शिक्षक (लेखा हेर्ने) प्रमोद कुमार ठाकुर घुस रकमसहित पक्राउ परेका छन् । विद्यालय भवन निर्माण कार्य सम्पन्न गरेपश्चात भुक्तानी दिने प्रयोजनका लागि निर्माण व्यवसायीसँग मागेको ४५ हजार घुससहित अख्तियारको टोलीले ठाकुरलाई पक्राउ गरेको हो ।

भवन निर्माणको अन्तिम भुक्तानी दिएवापत ४५ हजार रुपैयाँ घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई पक्राउ गरेको हो । बुधवार पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान भइसकेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्