नेपाल प्रहरीका ४ डीआईजीको सरुवा

नेपाल प्रहरीका ४ डीआईजीको सरुवा

काठमाडौं, ३० साउन । नेपाल प्रहरीका ४ डीआईजीको सरुवा भएको छ ।  गृह मन्त्रालयले बुधबार डीआईजी महेश विक्रम शाह, सुरेश विक्रम शाह, सुरज केसी र धिरु बस्नेतको सरुवा गरेको छ ।

निर्णयअनुसार महेश विक्रम शाहको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ६ सुर्खेतमा सरुवा भएको छ । यस्तै सुरेश विक्रम शाहको प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा सरुवा भएको छ । यस्तै केसीको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ७ र बस्नेतको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्