उदयपुरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु 

<span class='c1'>उदयपुरमा जंगली हात्तीको आक्रमणबाट</span> <span class='c2'>१ जनाको मृत्यु </span>

उदयपुर, साउन ३१।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणमा परी बुधबार बिहान उदयपुर जिल्लाको बेलका नगरपालिका-३ स्थित खैरेनी टप्पुमा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका-३ खैरेनी टप्पु बस्ने वर्ष ३५ को राम कुमार सार्की रहेका छन् ।

जंगलबाट निस्केको हात्तीले बुधबार बिहान ४ बजे आफ्नै घरमा सुती रहेका सार्कीलाई उठाएर अन्दाजी ५० मिटर पर लगेर पछार्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्