१३ हजार रुपैयाँ घुस लिएको अाराेपमा ईटहरी वडा नम्बर १०का सचिव पक्राउ

<span class='c1'>१३ हजार रुपैयाँ घुस लिएको  अाराेपमा</span> <span class='c2'>ईटहरी वडा नम्बर १०का सचिव पक्राउ</span>

इटहरी, १ भदाै । इटहरी उपमहानगरपालिका-१० का सचिव विदुर रेग्मी घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार उनलाई घुससहित पक्राउ गरेको हो।  व्यवसाय संचालन गर्न सिफारिस दिए बापत उनले १३ हजार रुपैयाँ घुस लिएको अख्तियारको टोलीको दाबी छ। अख्तियारको क्षेत्रीय कार्यालय इटहरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार उनले होटल सञ्चालन गर्ने एक सेवाग्राहीलाई घरेलुबाट व्यावसाय प्रमाणपत्र दर्ता चाहिने सिफारिस ल्याइदिने भन्दै पैसा लिएका हुन्।

उनले व्यवसायीलाई घरेलुको काम पनि मिलाइदिने भन्दै पैसा लिएको सेवाग्राहीको गुनासो अख्तियारमा आएपछि विशेष टोली पक्राउ गर्न पुगेको हो।प्रहरीले वडा सचिवलाई इटहरी ६ स्थित रोजरक मम पसलबाट पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्