धरानबाट नक्कली कागजात बनाउने ४ पक्राउ 

<span class='c1'>धरानबाट नक्कली कागजात</span> <span class='c2'>बनाउने ४ पक्राउ </span>

सुनसरी, १ भाद्र  ।  सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-१२ महेन्द्रपथ स्थित मिक कम्प्युटर प्रा.लि.का संचालक सहित ४ जनालाई ईलाका प्रहरी कार्यालय धरानले नक्कली कागजात बनाई बिक्रि गरेको अभियोगमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान -१९ बस्ने वर्ष ४२ को राज कुमार लिम्बु, धरान-८ बस्ने वर्ष ३६ को सरोज योङहाङ , धरान-१५ बस्ने वर्ष ३५ को विरध्वज लिम्बु र धरान-१ बस्ने वर्ष ४० को राम कुमार सिवा रहेका छन् ।  उनीहरुलाई सरकारी कागजातहरु नक्कली बनाई बिक्री गरेको अभियोगमा संघीय प्रहरी ईकाई कार्यालय र  ईलाका प्रहरी कार्यालय धरानको टोलीले बिहिबार राती पक्राउ गरेको हो ।

प्रहरीले उक्त ईन्स्टिच्युटबाट नेपाली नागरिक्तको प्रमाण पत्र बनाउने खाली प्याड, उच्च माध्यमिक शिक्षा परिषद र त्रिभुवन विश्वविधालयको विभिन्न तहको  शैक्षिक प्रमाण पत्र, यातायात व्यवस्था विभागको होलोग्राम, विभिन्न गाउँ विकास समितिबाट जारी गरिने प्रमाण पत्रहरु तथा विभिन्न कार्यालयको छाप-७२ थान र विभिन्न पदाधिकारीहरुको छाप-१५५ थान बरामद गरिएको छ ।  नक्कली कागज पत्र बनाउन प्रयोग हुने कम्प्युटर, प्रिन्टर लगायतका उपकरण समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान पश्चात  सरकारी छाप दस्तखत किर्ते मुद्दामा कारवाही गरिने ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्