सुनसरीमा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनसरीमा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनसरी, २ भाद्र । सुनसरी जिल्लाको ईनरुवा नगरपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा शुक्रबार बसले ठक्कर दिएर गम्भीर घाइते जिल्ला बैतडी गुरुखोला गाउँ विकास समिति-२ घर भई हाल सुनसरी जिल्ला ईनरुवा नगरपालिका-३ सखुवागाछीमा डेरा गरी बस्ने वर्ष ४५ को महादेव प्रसाद बडुको उपचारका क्रममा अाज बिहान मृत्यु भएको छ ।  शुक्रबार सिन्धुलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख १९९४ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका बडुको जिल्ला अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने बसका चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्