खोलाले बगाएर झापामा एकजनाको मृत्यु, खोटाङमा एक बेपत्ता

खोलाले बगाएर  झापामा एकजनाको मृत्यु, खोटाङमा एक बेपत्ता

विराटनगर, २ भदाै। झापामा माई खोलाले बगाउँदा शनिबार १ युवकको ज्यान गएको छ भने खोटाङ जिल्लाको रावा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । झापा कन्काई नगरपालिका-२ धनुषाकोटी स्थित माई खोलामा पौडी खेल्ने क्रममा  कन्काई नगरपालिका-१ बस्ने गोपाल पोखरेलको छोरा वर्ष २५ को आशिष पौडेलको मृत्यु भएको हाे । दिउँसो १ बजे साथीहरुसंग खोलामा पौडी खेल्न गएका आशिषलाई खोलाले बगाएपछि साथी गौरव न्यौपानेले उनलाई उद्दार गरी उपचारका लागि सुरुङा स्थित मेरिगोल्ड अस्पताल लग्नेक्रममा उनको मृत्यु भएको  ईलाका प्रहरी कार्यालय सुरुङाले जनाएको छ ।

यसैगरी खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका-५ स्थित सप्तेश्वर बस्ने भक्त बहादुर राईको २० वर्षीय छोरा सुजन राई शनिबार बिहान स्थानीय रावा खोलाले बगाएर बेपत्ता भएका छन् । शनिबार बिहान ८ बजे  खोलामा माछा मार्न गएका सुजन घर  नआएपछि दाजु रुलाल राईले ईलाका प्रहरी कार्यालय वाक्सिलामा जानकारी गराएका हुन् । घटनास्थलमा ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिगई बेपत्ता युवकको खोजी कार्य भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्