दिक्तेलमा माउण्ट एभरेष्ट स्कूलमा कार्यरत शिक्षक मृत फेला

दिक्तेलमा माउण्ट एभरेष्ट स्कूलमा कार्यरत शिक्षक मृत फेला

खोटाङ (रासस) । दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा कार्यरत शिक्षक राज भट्टराई शनिबार आफ्नै कोठामा मृत फेला परेका छन् ।

बूढीगङ्गा गाउँपालिका–७ मोरङ निवासी शिक्षक भट्टराई सात वर्षदेखि उक्त बोर्डिङमा कार्यरत थिए । उनी बान्ता गरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । मृत्युको कारण खुल्न नसकेको पनि उनले बताए ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक भट्टराईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । उनको आफन्त आएपछि मात्र शवपरीक्षण हुने प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्