अाज राष्ट्रिय सूचना दिवस , सूचनाकाे हकको सम्मान गर्न प्रधानमन्त्री ओलीको आग्रह

अाज राष्ट्रिय सूचना दिवस , सूचनाकाे हकको सम्मान गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं भदौ ३ । लोकतान्त्रिक मर्मअनुसार नागरिकको सूचना पाउने हककाे सम्मान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई आग्रह गर्नुभएको छ ।

अाज (अाइतबार) राष्ट्रिय सूचना दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नागरिककाे सूचनाकाे हकप्रति सबै सचेत रहनुपर्ने बताउनुभएकाे हाे । उहाँले सूचनाको हक प्रयोग गर्दा हरेक नागरिकलाई आफ्नो कर्तव्यकाे पालना समेत गर्न अाग्रह गर्नुभएकाे छ ।

स‍ंविधानले नै सूचनाकाे हककाे व्यवस्था गरेका स्मरण गराउँदै प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया अपनाएर आफ्नो संवैधानिक हकको उपयोग गर्न सबैलाई आह्वान गर्नुभएको हाे ।

सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित विषयमा सूचना माग्नु उचित नहुने र सार्वजनिक महत्वका सूचना सजिलै उपलब्ध गराइनुपर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्