बलात्कार र यौनजन्य हिंसा नियन्त्रण गर्न झापामा विशेष सुरक्षा परिचालन

बलात्कार र यौनजन्य हिंसा नियन्त्रण गर्न झापामा विशेष सुरक्षा परिचालन

झापा,४ भदौ ।
बलात्कार र यौनजन्य हिंसा बढ्दै गएको भन्दै त्यसलाई निरुत्साहित र नियन्त्रण गर्न प्रहरीले झापामा विशेष सुरक्षा परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले ‘यौनजन्य हिंसाविरुद्ध टोलटोलमा प्रहरी’ नामक अभियानका लागि जिल्लामा विशेष टोली परिचालन गरेको हो । पछिल्लो समय झापामा बलात्कार तथा यौनजन्य हिंसामा बृद्धि भएसँगै प्रहरीले अभियानकै रुपमा यसका विरुद्ध कदम चालेको हो । एक महिनासम्म सञ्चालन हुने अभियानमा सादा पोशाक ५०, मोटरसाईकल गस्ति एक सय, तलाशि लिने टोली ३५, पैदल गस्ती ३५ र अनुसन्धान टोली १५ गरी जिल्ला भरमा २ सय ३५ प्रहरी परिचालन गरिएको छ ।
प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा झापामा सात वटा बलात्कार तथा यौनजन्य हिंसाका घटना सार्वजनिक भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्