पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

बिराटनगर भदौ ४ ,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । गएराति १२ बजेदेखि लागू हुने गरी नियमले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ भएको छ ।

हवाई इन्धनमा समेत प्रतिलिटर ४ रुपैयाँ ५ पैसा वृद्धि भएको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्