इटहरीमा भिडियो इडिटिङ सम्बन्धी २ दिने कार्यशाला हुने

इटहरीमा भिडियो इडिटिङ सम्बन्धी २ दिने कार्यशाला हुने

ईटहरी भदौ ४ । डिजिटल दुनिँयामा बढदो क्रेज सँगै पछिल्लो पुस्ताको ध्यान युटयुब लगायत सामाजिक सञ्जाल तर्फ आकर्षित भएको छ । कतिपय युवायुवतीहरु आफै भिडियो निर्माण गर्ने र युटयुबमा अपलोड गर्ने क्रम समेत बढेको छ । भिडियोप्रति बढदो क्रेजलाई मध्यनजर गर्दै सुनसरीको ईटहरीमा यहि भदौ २६ र २७ गते २ दिने भिडियो इडिटीङ ओर्कसप (कार्यशाला) आयोजना हुने भएको छ ।

ग्राफिका ईन्टरनेशनलको संयोजनमा हुने उक्त वर्कशपमा सुरेशचन्द्र दाहाल लगायतले तालिम दिने आयोजकले जनाएको छ । भिडियो निर्माण सम्बन्धी सम्पुर्ण जानकारी सहितको वर्कशपमा तालिम दिएर भिडियो इडिटिङमा दक्ष बनाईने दाहालले बताए । कार्यशालामा 3 & 4 point Editing, Multitrack Editing, Grouping & Nesting Clips, Effects & Color Correction, Working with audio, Titles लगायतका बिषयहरू समेटिने जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्