धरानमा रिसको झोकमा ट्राफिक प्रहरी माथि नै हातपात

धरानमा रिसको झोकमा ट्राफिक प्रहरी माथि नै हातपात

विराटनगर ४ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीमाथी हातपात भएको छ । प्रहरीलाई हातपात गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ आईतवार अपरान्ह १६ः ३० बजे धरान ८ कोशी लोकमार्गको तिनकुने स्थितमा धरानबाट इटहरी तर्फ जादै गरेको गरेको विआर ३२ प २८३५ नंम्बरको इण्डियन स्कारपियोलाइ चेकजाँच गर्दा सुरक्षा पेटि नबाँधेको कसुरमा प्रहरी जवान शम्भु श्रेष्ठलाई भारत बिहार मधुबनी १४ का देबकान्त ठाकुरले एक्कासी मुक्का प्रहार गरेका थिए ।
सवारी चालक भारतको बिहार मधुबनी १४ बस्ने बर्ष ३० को पबन कुमार साछी र सोही स्थानका १९ बर्षिय अनोज अन्नादले अपशब्द प्रयोग गरी गाली गलौज गरेका थिए । प्रहरी जवान माथी हातपात गर्ने तथा गाली गलौज गर्ने निजहरुलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय धरानमा राखिएको एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्