सांसदहरु भन्छन्– करको बोझले थिच्यो

<span class='c1'>सांसदहरु भन्छन्– करको</span> <span class='c2'>बोझले थिच्यो</span>

काठमाडौँ, रासस । प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाँड सेक्ने काम गरिएकामा आपत्ति जनाएका छन् ।
स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भए पनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय गरेको उनीहरुको गुनासो थियो ।

करका विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएकाले तत्काल यस विषयमा स्पष्ट निर्देशन दिन सांसदहरूले सरकारसंग आग्रह गरे । जनताले तिर्न नसक्ने र क्षेत्राधिकार नै नभएका विषयमा समेत कर लगाएर सङ्घीय शासन प्रणालीमा नै आँच आउने काम नगराउन उनीहरुले सदन र सरकारको ध्यानकर्षण पनि गराए । यसरी ध्यानाकर्षण गराउनेहरूमा सांसद अमरेशकुमार सिंह, उमेश श्रेष्ठलगायत थिए ।
सांसद गगन थापाले विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्दै भौतिक पूर्वाधार निर्माण गर्दा विशेष ख्याल गर्न आग्रह गरे भने सांसद आशाकुमारी विक, कृष्णभक्त पोखरेलले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्