काठमाडौं भदौ ४ । संसद विकास समितिले फेसबुक, ट्वीटर लगायत अन्य सामाजिक सञ्जालमा हुने विज्ञापनमा पनि कर लगाउन निर्देशन दिएको छ । संसद विकास समितिको आजको बैठकले यो निर्देशन दिएको हो ।
समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिरहेको ठहर गर्दै समितिले यसको नियमन गर्नका लागि सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।