बिचौलियाको दादागिरी: सरकार लाचार कि तरकारी माफिया शक्तिशाली ?

बिचौलियाको दादागिरी:  सरकार लाचार कि तरकारी माफिया शक्तिशाली ?

काठमाडौं, ५ भदाै । सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो । शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदश्यीय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखी कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिया लाग्ग्दारहेछन रु र कती मुल्य बढाइँदोरहेछ रु’

अनुगमन टोली कालीमाटी पुग्दा बाहिर जिल्लाबाट आएको सामान झार्ने काम भईरहेको थियो । टोलीले ना ४ च ६६३४ र बा ५ च ९६४ नम्बरको टाटा मोबाईल गाडीबाट झार्दै गरेको सामानको बीलबीजकलगायत कागजात माग्यो । तर उक्त सामानको कुनै पनि कागजात नभटिएपछि अनुगमन टोलीले प्रहरी प्रशासनको सहयोगमा उक्त गाडी नियन्त्रणमा लियो ।

त्यतिबेलासम्म बजारमा ठँलो संख्यामा तरकारी र फलफूल व्यवसायीहरु जम्मा भइसकेका थिए । अनुगमन टोलीसँग उनीहरुको बाझाबाझ शुरु भइसकेको थियो । टोलीले २ वटा गाडीको बाहेक अन्य गाडीमा चेकजाँच गर्नै सकेन ।,  आजको नेपाल समाचारपत्रमा खबर  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्