झापामा बलात्कारका घटना बढेपछी प्रहरीको विशेष अभियान सुरु

<span class='c1'>झापामा बलात्कारका घटना बढेपछी प्रहरीको</span> <span class='c2'>विशेष अभियान  सुरु</span>

झापा भदौ ५ ,  प्रहरीले झापामा आइतबारदेखि यौनजन्य हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम सुरु गरेको छ ।

१० दिनमा झापाको चन्द्रगढी नगरपालिकामा तीन जना बलात्कृत भएको घटना सार्वजनिक भएको थियो । केही दिनअघि मात्रै पनि पढ्न गइरहेकी बालिकालाई चियाबारीमा तीन जनाले रोकेर दुव्र्यवहार गरेका थिए ।

यौन अपराध नियन्त्रण गर्न प्रहरीले एक महिने विशेष अभियान थालेको हो । अभियानमा दुर्इ सय ३५ जना प्रहरी परिचालित छन् ।

अभियानका क्रममा यौनजन्य घटना र यसका कारक तत्वको खबर संकलन गरी विश्लेषण गरिने प्रहरीले जनाएको छ । झापाका डिएसपी जितेन्द्र बस्नेतले घटनाका दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको सजाय दिलाउन प्रभावकारी अनुसन्धान गरिने प्रतिबद्धता जनाएका छन् ।

‘यो अभियान प्रत्येक थाना र चौकीहरुले टोल–टोलमा गएर सञ्चालन गर्ने हो,’ डिएसपी बस्नेतले भने ।

एकमहिने अभियानका क्रममा सादा पोशाकमा मात्रै ५० जना प्रहरी परिचालित हुनेछन् । त्यस्तै ५० वटा मोटरसाइकलमा सयजना प्रहरी गस्तिमा निस्कनेछन् । तलाशी लिने टोली ७ वटा छ, जसमा ३५ जना प्रहरी छन् । ७ वटा पैदल गस्ती टोलीमा पनि ३५ जना प्रहरी छन् । अनुसन्धान टोली १५ जनाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्