पूर्वी पहाडी जिल्लामा चामलको माग बढ्यो

पूर्वी पहाडी जिल्लामा चामलको माग बढ्यो

विराटनगर, भदौ ५ गते । पूर्वी पहाडका अन्य जिल्लामा खाद्य संस्थानको चामलको माग घट्दै गए पनि संखुवासभाको हटियागोलामा भने बर्सेनि बढ्दै गएको छ ।  दुई वर्ष अगाडिसम्म हटियागोला डिपोमा संस्थानको विराटनगरस्थित कोसी अञ्चल कार्यालयले ६५० क्विन्टल चामल आपूर्ति गर्दै आएकोमा गत आर्थिक वर्ष २०७४÷७५ मा बढाएर ८९० क्विन्टल पु¥याएको थियो तर चालु आवमा उक्त डिपोबाट एक हजार पाँच सय क्विन्टल चामलको माग आएको संस्थानको कोसी अञ्चल कार्यालयका वरिष्ठ सहायक हरि भण्डारीले बताउनुभयो ।
सङ्खुवासभाको हटियागोला अझै पनि सडक यातायातासँग नजोडिएका कारण निजी क्षेत्रका व्यापारीले लैजाने चामलको तुलनामा खाद्यको चामाल सस्तो पर्ने हुँदा माग बढी भएको वरिष्ठ सहायक भण्डारीको भनाइ छ । माग बढेका कारण संस्थानले वर्षमा दुई पटकसम्म चामल आपूर्ति गर्दै आएको छ ।

हटियागोलाबाहेक अहिले संस्थानको विराटनगरस्थित कार्यालयले भोजपुरको सदरमुकाम भोजपुर बजार, सङ्खुवासभाको खाँदबारीमा चामल आपूर्ति गर्दै आएको छ । गत आव २०७४÷७५ खाँदबारीमा ७४८ क्विन्टल र भोजपुरमा सात सय क्विन्टल चालमा आपूर्ति गरेको थियो ।
उता भोजपुरकै हतुवागढीमा भने चार वर्षदेखि चामल आपूर्ति हुनसकेको छैन । चामल आपूर्तिका लागि पटक पटक टेण्डर आह्वान गर्दा पनि टेण्डर लाग्न नसक्दा उक्त स्थानमा संस्थानको आपूर्ति गर्न नसकेको विराटनगरस्थित कार्यालयका वरिष्ठ सहायक भण्डारीले बताउनुभयो ।
त्यसबाहेक संस्थानको विराटनगरस्थित कार्यालयले सुनसरी, धनकुटा, तेह्रथुृम र मोरङ कारागारलाई चामल आपूर्ति गर्दै आएको छ । गत आव २०७४÷७५ मोरङ कारागारमा दुई हजार २९८ क्विन्टल, सुनसरी कारागारमा तीन हजार ७७५ क्विन्टल, धनकुटा कारागारमा १०५ क्विन्टल र तेह्रथुम कारागारमा ६० क्विन्टल चामल आपूर्ति गरेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्