आज मुस्लिम समुदायले बकर–इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदै

<span class='c1'>आज मुस्लिम समुदायले बकर–इद (इदुल</span> <span class='c2'>जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदै</span>

आज मुस्लिम समुदायले बकर–इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।

इस्लाम धर्मावलम्बीले नयाँ वर्षको रूपमा मनाउने यो पर्व नेपाल लगायत विश्वभरका मुस्लिम समुदायहरूले धूमधामका साथ मनाउने गर्छन् । बकर इद मुसलमान समुदायले तीन दिन मनाउने गरिन्छ । कुर्वानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकर इदमा मुस्लिम समुदायका लागि हज र कुर्वानी अनिवार्य मानिन्छ । इस्लामको पाँच आधारस्तम्भ आस्था, नवाज, हज, रोजा र जकातममध्ये हजलाई मुख्य मानिन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि तराईसम्म बसोबास गर्ने नेपाली मुसलमान समुदायप्रति शुभकामना प्रकट गर्दै सबैको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्