उदयपुरमा यस्तो घटना : श्रीमानले जबर्जस्ती गरेको भनेर श्रीमतीले उजुरी दिएपछि श्रीमान् पक्राउ परे

उदयपुरमा यस्तो घटना : श्रीमानले जबर्जस्ती गरेको भनेर श्रीमतीले उजुरी दिएपछि श्रीमान् पक्राउ परे

उदयपुर भदौ ६ । श्रीमतीले जबर्जस्ती गरेको भन्दै उदयपुरमा श्रीमतीले उजुरी दिएपछि श्रीमान् पक्राउ परेका छन् । रौतामाइ गाउँपालिका २ नौले करकुसेका ४५ वर्षीय दीपबहादुर राउत ‘दुर्गा’लाई प्रहरीले पक्राउ गरेको हो ।

दुर्गाकी श्रीमतीले आफ्नो इच्छाविपरित श्रीमानले यौन सम्पर्क गरेको भन्दै उजुरी दिएपछि पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ । उजुरीमा दुर्गाले छोरीमाथिसमेत यौन दुव्र्यहार गरेको आरोप लगाइएको छ ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा महिलाको मञ्जुरी नलिई करणी गरेमा जबर्जस्ती करणी मानिने उल्लेख छ । मु्लुकी ऐनमा बढीमा १५ वर्षसम्म सजाय रहेकोमा अपराध संहितामा यसलाई बढाएर २० वर्षसम्म पुर्याइएको छ । २० वर्षमाथिको महिलालाई जबरजस्ती करणी गरे ५ देखि ७ वर्षसम्म कैद सजाय व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्