मुग्लिन सडकखण्डमा बस र ट्रक ठोक्किए ,एक जनाको मृत्यु ,३३ जना घाइते

<span class='c1'>मुग्लिन सडकखण्डमा बस र ट्रक ठोक्किए</span> <span class='c2'>,एक जनाको मृत्यु ,३३ जना घाइते</span>

चितवन। नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना४ख ७५१३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ७४०६ नंको ट्रक भरतपुर महानगरपालिका–२९ खहरे खोलास्थित आज दिउँसो ३ः१५ बजे एकापसमा ठोकिएको थियो ।

दुर्घटनामा परी घाइते भएकामध्ये २७ जनाको पुरानो मेडिकल कलेज र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । घटनापछि अवरुद्घ सडक केहि समयपछि सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्