मोरङमा लोकप्रिय बन्दै घरदेखि घाट सम्म शव यात्रा वहान

<span class='c1'>मोरङमा लोकप्रिय बन्दै घरदेखि घाट</span> <span class='c2'>सम्म शव यात्रा वहान</span>

बिराटचौक । मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्र भित्र कोही कसैको मृत्यु भएमा शवलाई अन्त्येष्टीका लागि घाट सम्म पु¥याउन निःशुल्क शव वहान सेवाको व्यवस्था गरेको छ ।
विभिन्न संघ संस्था, अस्तपाल र निकायले संचालन गरेका शव वहानले शवलाई घाट सम्म पु¥याए बापत पैसा लिने गरेका थिए । उक्त परिपाटीको अन्त्य गर्दै सुन्दरहरैंचा नगरपालिकाले दुई महिनादेखि शवलाई घाट सम्म पु¥याउँदा कुनै पनि शुल्क नलिने गरेको हो । त्यसका लागि मेयर शिवप्रसाद ढकालको पहलमा २० लाख रुपैयाँ खर्च गरेर नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट को १ झ ५४८ नम्बरको शव वहाननै खरिद गरेर सेवा दिइरहेको हो ।
उक्त वहानमा घरबाट घाट सम्म शव लगेर अन्त्येष्टी गरे बापत प्रयोगकर्ताले कुनै पनि शुल्क तिर्नु पर्दैन । वहान चालकदेखि त्यहाँ काम गर्ने अन्य कर्मचारीलाई तलव भत्ताको व्यवस्था समेत नगरपालिकाले आफ्नै स्रोतबाट गरिरहेको छ । नगरपालिकाका निरज न्यौपानेले ‘विभिन्न संघ संस्था र निकायले संचालन गरेका शव वहानले शव बोके बापत पैसा लिइरहेको पनि नगरपालिकाले भने शव वहान सेवालाई निःशुल्क गरेको जानकारी दिए ।
दुई महिनादेखि संचालन गरिएको सेवा नगरपालिका भित्र निक्कै ‘लोकप्रिय’ भएको उनँको भनाइ छ । न्यौपानेले नगर क्षेत्र भित्र कोही कसैको मृत्यु भएमा शव वहानमार्फत निःशुल्क रुपमा शवलाई घाट सम्म पु¥याएर अन्त्येष्टीका लागि मद्धत गर्ने गरिएको बताए । अन्य संघ संस्थाले संचालन गरेका शव वहानले शवलाई घाट सम्म पु¥याए बापत आठ हजार रुपैयाँ सम्म पैसा लिने गरेका थिए । नगरपालिकाले शव बोके बापत पैसा नलिने गरी ‘घरदेखि घाट सम्म शव यात्रा वहान’ कार्यक्रम नै संचालन गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवनप्रसाद आचार्यले वहानले शव बोक्दाको सबै खर्च नगरपालिकाले नै बेहोर्ने बताए । उनले सेवा संचालन भए यता नगर क्षेत्र भित्र मृत्यु भएका ३१ जनाको शवलाई निःशुल्क घाटमा पु¥याइ सकिएको जानकारी दिए । मेयर ढकालले स्थानीय तहमा जनप्रतिनिधी आएपछि त्यहाँबाट जनतालाई प्रदान गरिने सेवाको दायरा पनि फराकिलो पार्दै लगिएको बताए । उनले मानिस जिउँदो हुँदा विभिन्न शीर्षकमा लिने गरिएको करको ऋण मृत्यु हुँदा भने निःशुल्क रुपमा शव वहान सेवा प्रदान गर्दै शवलाई घाट सम्म पु¥याएर भए पनि तिर्ने कामको थालनी गरिएको जानकारी दिए । (बेतना दैनिक) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्