अदालतमा श्रीमती पीडित पुरुषहरुको भिडः एकै दिन अदालतमा पाँच मुद्धा !

अदालतमा श्रीमती पीडित पुरुषहरुको भिडः एकै दिन अदालतमा पाँच मुद्धा !

बुटवल, ७ भदौ । श्रीमती न घर आउने, न त सम्बन्ध बिच्छेदको मुद्धा दिन अदालत नै जाने । प्रहरीमा उजुरी दियो भने मेलमिलाप गरेर घर जाने तर एक डेढ महिना नपुग्दै घर सल्लाह नगरी शहर तिर गएर हराउने ।

यस्तो समस्याबाट गत चार वर्षदेखि पीडित बनेका गुल्मी बडागाउँका २८ वर्षीय अर्जुन सर्तुङ्ग गत बिहीबार जिल्ला अदालत गुल्मीमा सम्बन्ध बिच्छेदको मुद्धा दायर गर्न आईपुगेका छन् । उनीसहित एउटै अदालत गुल्मीमा एकै दिन पाँच जना श्रीमती पीडित पुरुष सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गराउन आएका छन् ।

श्रेस्तेदार दुर्गाप्रसाद पौड्यालका अनुसार यो समाचार सम्प्रेशन गर्ने बेलासम्म तीन जना पुरुषको मुद्धा दर्ता भई सकेको छ । अधिवक्ताहरुका अनुसार अन्य दुई जनाले मुद्धा लेखाइरहेका छन् । गुल्मीमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गराउने पहिलो पुरुष बनेका छन् ईस्मा गाउँपालिका वडा नम्बर–५ इस्मा रजस्थलका लक्ष्मण ज्ञवाली ।

उनको पीडा यस्तो छ

‘वि.सं. २०६१ सालमा हाम्रो विवाह भएको हो । अहिले १४ वर्षकी छोरी र ९ वर्षका छोरा छन् । २०६६ सालमा हामी बुटवल झ¥यौं । कस्तुरी फिजी घरमा मैले काम गर्न थाले । पछि गाउँको मोटर बाटोमा रहेको घडेरी बेचेर श्रीमतीका नाममा बुटवलमा १३ लाखमा घडेरी किने ।

विस्तारै श्रीमतीको ब्यवहारमा परिवर्तन आउँदै थियो । १० लाख लागतको एउटा फेन्सी पसल पनि श्रीमती कै नाममा खोल्यौं । उक्त घडेरी मलाई थाहै नदिई बेचिसकेकी रहिछन् । एक वर्ष अघि यसै अदालतमा आएर उल्टै अंश दाबी गर्दै मुद्धा हालिछन् ।

केही दिन अघि त्यो फेन्सी पसल पनि बेचेर बसेकीछन् । मुद्धा हालेर गएदेखि मलाई त्यस फेन्सी फसलमा छिर्न पनि दिईनन् । गत चार वर्षदेखि हामी भेग्ला भेग्लै बुटवलमा बस्दै आएका छौं । सम्पत्ति कति उडाईन् भन्ने त लेखा जोखा नै छैन ।’

श्रीमतीको कुरा गरेरै साध्य छैन

म प्रहरीमा जागिर खाएको मान्छे हुँ । मेरो नाम विवरण गोप्य राखिदिनु होला । उनका पनि दुई वटा सन्तान छन् । उनले श्रीमतीको चरित्र माथी दोसारोपण गरिरहेको मुद्धामा उल्लेख गरिएका थिए । श्रीमतीको कुरा गरेर साध्य छैन, नत्र किन धाउनु पथ्र्याे र अदालतमा ।

श्रीमान बिदेश गएपछि श्रीमती शहरतिर

हालको मुसिकोट नगरपालिका–४ बडागाउँबाट सम्बन्ध बिच्छेदको मुद्धा दिन आएका सर्तुङ्गे भन्छन् ‘म विदेश जाँदा श्रीमती कहिले वुटवल त कहिले काठमाडौं गर्न थाल्नु नै सम्बन्ध विच्छेद गर्नुको मेरो बाध्यता हो ।

उनले भने, ‘२०६९ सालमा छिमेकी गाउँ ताल्तुङ्गमा मैले उनलाई प्रेम विवाह गरेका हुँ । विवाहको करिब डेढ वर्षसम्म घरै बसे । त्यसपछि म मलेसिया गएँ । म हिडेपछि कहिले बुटवल त कहिले काठमाडौं श्रीमती हिड्छे भन्ने घरबाट खबर आउने गर्दथ्यो । तर पनि मेरी श्रीमती प्रति म बिश्वस्त थिएँ ।

त्यस पछि घर पनि आएँ । श्रीमती बुटवलतिर गएर बसेकी रहिछन् । नआएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी हाँले । मेलमिलाप गरेर घर लगे । म फेरी बिदेश हिडे । डेड महिनापछि फेरी उनी वुटवल तिरै हिडिछन् । फेरी पनि प्रहरीमा उजुरी दिएँ । अहिले तेश्रो पटक यस्तो कानुन् आएपछि अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा दिन आएको हुँ ।’

१३ लाखमा जम्मा एक लाख फिर्ता पाएँ

सोही अदालतमा मेलमिलापमा श्रीमतीबाट सम्बन्ध बिच्छेद गरेका रेसुङ्गा नगरपालिका–६ का फर्शबहादुर पुन मगर पनि बैदेशिक रोजगार मै थिए । बाबुको क्रियाक्रम गर्न बैशाखमा घर आएका उनि त्यसको एक महिनापछि जेठमा घरबाट श्रीमती बेपत्ता भईन् ।

हुर्के बढेका चार छोरा छोरी र नातीकी हजुर आमासमेत रहेकी उनि कतै जालिन् भनेर त कल्पना नै गर्न सकेको थिएनन् । उनले भने, ‘अहिले पो थाहा भयो उनी ईस्मा गाउँपालिका ३, दर्लामचौरमा सौता माथी अर्को विवाह गरेर गएकी रहिछन् ।’

१२ वर्ष सम्म बैदेशिक रोजगारबाट कमाएको करिब १३ लाख हिनामिना उनले गरे पनि आज जम्मा एक लाख उनीबाट पाउने र दुई तोला सुन फिर्ता गरेर सम्बन्ध बिच्छेद गरिदैछ ।’

श्रीमती यही अदालत नजिकै छन्

सोही अदालत परिसरमा सम्बन्ध बिच्छेदको मुद्धा लेखाउँदै गरेका रेसुङ्गा नगरपालिका–४ का ३५ वर्षीय राजेन्द्र क्षेत्री पनि श्रीमतीसँग सम्बन्ध बिच्छेद गर्नु बाध्यता भएका सुनाउँछन् । उनि भन्छन–‘५ वर्षको छोरा छाडेर हिडेको श्रीमती धेरै भयो ।

बेला बेलामा केटाहरुको फोन आउँछ । सुन्छु, यसै अदालत नजिकै पर्ने बसपार्कमा छन् । कसैसँग दोश्रो विवाह गरेर गईन् भन्न त सक्दिँन विना प्रमाण, बसपार्कको पाउरोटीवाला कहाँ छन भन्ने सुनेको छु । देखेको छैन ।’

यसरी एउटै जिल्ला गुल्मीमा एकै दिनमा पाँच जनाले सम्बन्ध बिच्छेदको मुद्धा दिने पुरुषहरुको जे पीडा सुनियो देशैभरका अन्य पुरुषहरुको पीडा पनि त्यस्तै पाईएको छ ।

देशैभरका पुरुष यसरी पिडा पोख्छन्

हामीले बाग्लुङ्गबाट पहिलो पटक पुरुषद्वारा सम्बन्ध बिच्छेदको मुद्धा दायरको समाचार सम्प्रेषण गरी सकेपछि अदालतका श्रेस्तेदार, कानुन ब्यवसायी र पत्रकारहरुलाई देशैभरबाट फोन उठाई साध्य छैन ।

अधिकांश पुरुषले कुन अवस्थामा दिन पाईन्छ । के के प्रमाण हुन पर्छ भन्दै चासो लिई रहेका छन् । आफ्नो पीडाहरु सुनाउँदै मुलुकी देवानी लागु भएको भदौ–१ लाई पुरुष मुक्त दिवसका रुपमा लिईरहेका छन् ।

मकवानपुरबाट गंगाप्रसाद सापकोटा भन्छन–‘मेरो दुई छोरीहरु छन् । एउटीको उमेर ४ र अर्की छ वर्षकी छन् । श्रीमतीसम्पर्क विहिन भएको डेढ बर्ष भयो । म दुबईको बैदेशिक रोजगारीमा थिएँ । मैले श्रीमतिलाई पनि दुबई बोलाएँ ।

दुई महिनापछि झगडा गरेर तँ संग म बस्दै बस्दिन भनिन् । म घर फर्के । करिब तीन महिनापछि उनी दुबईबाट फोन गरेर मैले गल्ती गरें भनेर भनिन् । त्यो उनको भिसा बढाउने पयत्न थियो ।

मैले बुझेपछि उनी नेपाल आईन र मकवानपुर जिल्ला अदालतमा मुद्धा हालिन् । मुद्धा हालेको त्यस्तै डेढ वर्ष भए होला उनी अदालत कै सम्पर्कमा समेत नभएपछि अलमलमा परेर बसेको छु । छोरीहरुलाईसमेत जंगलमा लगेर कुटेर हिडेको सुन्छु । अब मैले के गर्नु पर्ला ?

सामाजिक सञ्जालमा समाचारको तल राहुल क्षेत्री लेख्छन्–‘अब केही राहत मिल्छ कि ? रामजी पौड्याल लेख्छन् ‘पीडित पुरुषका लागि मौका ।’

त्यस्तै, अनमोल लिम्वुः ‘म पनि गर्ने तयारीमा छु । मेरी श्रीमती र मेरो परिवारको मञ्जुरी विना वा विना जानकारी एक्लै बसेको तीन वर्ष भयो । उसको माईतीमा ।’ प्रेम सुनार

न्युज २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्