ओखलढुंगामा ग्यास लिक भएर आगलागी हुदाँ लाखौको धनमाल जलेर नष्ट

ओखलढुंगामा ग्यास लिक भएर आगलागी हुदाँ लाखौको धनमाल जलेर नष्ट

ओखलढुंगा । ओखलढुंगा सदरमुकाममा खानापकाउने ग्यास लिक भएर आगलागी हुदाँ लाखौको धनमाल जलेर नष्ट भएको छ । सिद्धिचरण नगरपालिका ११ स्थित बिच बजारमा डेरा गरी बस्ने सर्लाहीका २२ वर्षिया अनुकुमारी महतो डेरामा ग्यास लिक भएर आगलागी हुदाँ १ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

आगलागीबाट कोठामा रहेको २८ हजार नगद सहित१ तोला सुनको गहना, लत्ताकपडा, भाडाँकुँडा तथा खाद्यान्न जलेर नष्ट भएको पिडित महतोले बताए । उनी कञ्चन श्रेष्टको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । ग्यास लिक भईरहेको अवस्थामा आगो बाल्न खोज्दा लिक भएको ग्यासबाट आगो पुरै कोठामा सल्किएको स्थानियको भनाई छ ।

आगलागी भए लगत्तै स्थानीयहरुले आगो निभाएकाले ठुलो छेती हुन भने पाएन । आगो निभाउने क्रममा पिडित अनुकुमारी महतो संगै घरधनी कञ्चन श्रेष्ठ र छिमेकी तिलक श्रेष्ठ समेत सामान्य घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्