सुनसरीमा बेग्लाबेग्लै दुर्घटनामा १ जनाको मृत्यु, ४  जना घाइते

सुनसरीमा बेग्लाबेग्लै दुर्घटनामा १ जनाको मृत्यु, ४  जना घाइते

सुनसरी, ७ भदाै ।  सुनसरीमा  बेग्ला-बेग्लै स्थानमा बिहिबार भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । दुहवी नगरपालिका-१० बुद्ध चौक स्थित बिरनियाँ-दुहवी सडक खण्डमा साइकलबाट लडेर  सुनसरीकाे गढी गाउँपालिका-३ बिरनियाँ बस्ने  सुरेश चौधरीको मृत्यु भएको हाे । बिहिबार बिहान ७ बजे बिरनियाँ बजारबाट दुहवीतर्फ जाने  क्रममा अचानक साइकलबाट लडेर गम्भीर घाइते भएका चाैधरीकाे विराट टिचिङ हस्पिटल टंकिसिनुवारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी हरिनगरा गाउँपालिका-१ स्थित हुनमान मन्दिर चौकमा को  १८ प ९५३६ नम्बरको मोटरसाइकलको ठक्करबाट सुनसरी जिल्ला हरिनगरा गाउँपालिका बस्ने वर्ष ६० को कम्लेश्‍वर मण्डल घाइते भएका छन् । घाइते मण्डललाई मोटरसाइकल चालक सुनसरी जिल्ला हरिनगरा गाउँपालिका-२ बस्ने वर्ष ३७ को अनवर अन्सारीले उपचारको लागि जिल्ला अस्पताल सुनसरी पुर्‍याएका  छन् भने मोटरसाइकल प्रहरी चौकी भुटाहामा राखिएको छ ।

यसैगरी कोशी गाउँपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गमा  को १५ प ३५३५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल चालक सुनसरी जिल्ला भोक्राहा गाउँपालिका-३ बस्ने वर्ष १३ को महेश उराव घाइते भएका छन् । घाइते उरावलाई मोटरसाइकल चालक सुनसरी जिल्ला भोक्राहा गाउँपालिका-३ बस्ने मनोज कुमार रामले उपचारको लागि जिल्ला अस्पताल सुनसरी पुर्‍याएका छन् भने मोटरसाइकल ईलाका प्रहरी कार्यालय लौकहीमा राखिएको छ ।

यसैगरी ईनरुवा नगरापालिका-४ स्थित दुहवी-ईनरुवा सडक खण्डमा दिउँसो १ बजे  को १ ह  ९१०० नम्बरको अटो रिक्सा र को ३२ प ५०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक सुनसरी जिल्ला हरिनगरा गाउँपालिका-३ बस्ने बलराम मेहता र अटो रिक्सामा सवार सुनसरी जिल्ला हरिनगरा गाउँपालिका-१ बस्ने वर्ष २७ को सुजन बहरदार रहेका छन् । घाइते दुबै जनाको जिल्ला अस्पताल सुनसरी पुर्‍याई उपचार गराईएको छ भने दुर्घटनामा संलग्न अटो रिक्सा र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्