करको बिरोधमा धरानमा हस्ताक्षर अभियान

<span class='c1'>करको बिरोधमा धरानमा</span> <span class='c2'>हस्ताक्षर अभियान</span>

विराटनगर, ८ भदौ ।
धरानमा वृद्धि भएको करको समायोजन गर्नु पर्ने माग गर्दै नेपाली कांग्रेसले हस्ताक्षर संकलन शुरु गरेको छ ।
नेपाली कांग्रेस धरान नगर समितिले आर्थिक वर्ष २०७५÷७६ का लागि बढाएको कर समायोजन गर्न दबाब दिदै धरानका २० वटै वडामा हस्ताक्षर संकलन गरिने जनाएको छ । भदौ १२ गते सम्म हस्ताक्षर संकलन गरि १३ गते धरान उपमहानगरपालिकालाई बुझाउने भएको छ । काग्रेसले अवैज्ञानिक कर समायोजन गर्न धरान उपमहानगरपालिकालाई १३ गते सम्मको अल्टिमेटम दिएको छ । धरान उपमहानगरपालिकाको भौगोलिक, आर्थिक अवस्थालाई अध्ययन गरि करको समायोजन गरिनुपर्ने उनीहरुले माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्