पुर्वका राजमार्गमा राखिएका होर्डिङ बोर्ड हटाउन सुरु

<span class='c1'>पुर्वका राजमार्गमा राखिएका होर्डिङ</span> <span class='c2'>बोर्ड हटाउन सुरु</span>

भद्रपुर भदौ ९ । पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी विभिन्न निजी कम्पनी तथा संस्थाबाट राखिएका होर्डिङ बोर्डलगायत प्रचार सामग्री मेचीनगर नगरपालिकाले शुक्रबारदेखि हटाउन शुरु गरेको छ ।

पूर्वाञ्चल डिभिजन सडक कार्यालयले राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउनका लागि सहयोग मागेपछि नगरपालिका आफँैले त्यस्ता प्रचार सामग्री हटाउन शुरु गरेको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले बताउनुभयो ।

सडक ऐन २०३१ ले निर्धारण गरेको मापदण्डअनुसार राजमार्गको दायाँबायाँ २५÷२५ मिटरलाई सडक क्षेत्र मानिए पनि सो क्षेत्र अतिक्रमण गरेर जथाभावी घरटहरा बनाइनुका साथै होर्डिङ बोर्ड राख्ने गरिएकाले नगरपालिकाले प्रहरी र विद्युत्का कर्मचारी परिचालन गरेर पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो ।

नगरपालिकाले त्यस्ता होर्डिङ बोर्ड हटाउन माइकिङ गरी दुई साताको समय दिँदा पनि अटेर गरिएको हुँदा नगरपालिका बाध्य भएर आफैँ हटाउन लागिपरेको नगर प्रहरी दिनेश गुरागाईंले बताउनभयो ।  रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्