निर्मलाको हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका अनिता र रोशनीसँग अनुसन्धान शुरु

निर्मलाको हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका अनिता र रोशनीसँग अनुसन्धान शुरु

काठमाडौं भदौ ९ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डमा संलग्न भएको आशंकामा पक्राउ गरिएका भीमदत्तनगरपालिका–१८ का बबिता भनिने अनिता बम र रोशनी बमसँग प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

शनिबार बिहान नियन्त्रणमा लिइएका बम दिदीबहिनीसँग सोधपुछ शुरु भैसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।

प्रहरी उपरीक्षक कडायतले पनि अनुसन्धानका लागि बम दिदीबहिनीलाई नियन्त्रणमा लिएर सोधपुछ शुरु भइसकेको शनिबार दिउसो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

अनिता र रोशनी बलात्कारपछि हत्या गरिएकी निर्मलाका साथी हुन् । गत साउन १० गते उनकै घरमा निर्मला स्कूलको गृहकार्य गर्न भनेर पुगेकी थिइन् । गृहकार्य गरेर घर फर्किने क्रममा निर्मलाको हत्या भएको थियो ।

साउन ११ गते बिहान निर्मलाको उखुबारीमा शव भेटिएपछि सोही बेला रोशनीको घरमै उनको हत्या भएको सर्वत्र आशंका गरिएको थियो । तर कञ्चनपुर प्रहरीले घटनाको केही दिनपछि बम दिदी÷बहिनीलाई सोधपुछका लागि नियन्त्रणमा लिए पनि घटनामा संलग्ना नदेखिएको भन्दै प्रहरीले दुवैलाई साधारण तारेखका छाडेको थियो । अनुसन्धानका घटनास्थल पुगेको छानबिन समिति र स्थानीय प्रशासनको नयाँ नेतृत्वलाई बमको घरबाट अनुसन्धान थाल्न दबाब परेपछि उनीहरुलाई पुनः पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्