प्रहरीलाई मोर्डन प्रहरी बनाउछु : झापा प्रहरी प्रमुख भीम ढकाल

प्रहरीलाई मोर्डन प्रहरी बनाउछु : झापा प्रहरी प्रमुख भीम ढकाल

विराटनगर १० भदौ । पूर्व क्षेत्रिय प्रहरी गण विराटनगरमा करिब एक बर्षसम्म मुख्यालयको प्रमुख भुमिका निर्वाह गरेका प्रहरी उपरीक्षक भीम ढकाल झापा जिल्लामा प्रहरी प्रमुखको रुपमा कार्यबहार समाल्दै हुनुहुन्छ ।
झापा जिल्लामा भर्खरै सरुवा भएर पुग्नुभएका प्रहरी प्रमुख भीम ढकालले झापा प्रहरीलाई नेपालकै उत्कृष्ट मोर्डन प्रहरीका रुपमा ब्यवस्थित गर्ने तयारीमा जुटेका छन् ।
प्रहरी प्रमुख भीम ढकालले सीमा क्षेत्रमा भइरहेको तस्कर तथा दुव्र्यशनका समस्या चोरी तथा अपराधलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्ने बताउनुभएको छ ।
इलाका प्रहरी कार्यालयको काम कार्वाहीको निरिक्षण तथा अनुगमन गर्न गौरीगञ्ज पुगेका ढकालले शुक्रबार स्थानीय राजनितीकर्मी‚ पेशाकर्मी‚ सामाजिक अगुवा‚ तथा बुद्धिजिवि लगायतकाहरु सँग भेटघाटका क्रममा सो कुरा बताउनुभएको हो ।

यसैविच महिला हिंसा, बलात्कार, अपहरण, फिरौती जस्ता जघन्य अपराधलाई न्यूनीकरण गरेर लैजाने बताउनुभएको छ । सुरक्षाकर्मीको दरबन्दी‚ बजार अनुगमन, लगायतका समस्यालाई पनि मुल जडमा रहेर अध्ययन गर्दै लैजाने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्