झापामा बस र ट्रक ठोक्किदा २८ जना घाइते

<span class='c1'>झापामा बस र ट्रक</span> <span class='c2'>ठोक्किदा २८ जना घाइते</span>

झापा, ९ भदाै ।
झापा जिल्लाको कन्काई नगरपालिका-४ कोटीहोम स्थित पूर्व-पश्चिम राजमार्गमा बस र ट्रक ठोक्किदा २८ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६८१२ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको को १ ख १८८३ नम्बरको ट्रक एक आपसमा ठोक्किदा बसमा सवार २८ यात्रु घाइते भएका छन । घाइतेहरुमा १ बालिका, ११ महिला तथा १६ जना पुरुष रहेका छन् । घाइतेहरुलाई विएण्डसि अस्पताल तथा विर्ता सिटी अस्पताल विर्तामोड पुर्यामई उपचार गराईएको छ । बस तथा ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्