लहानमा सात लाख मूल्य बराबरको गरगहना तथा धनमाल चोरी

<span class='c1'>लहानमा सात लाख मूल्य बराबरको</span> <span class='c2'>गरगहना तथा धनमाल चोरी</span>

लहान भदौ ९ । सिरहाको लहान नगरपालिका–३ रघुनाथपुरस्थित डगराहा टोलमा गए राति करीब रु सात लाख मूल्य बराबरको गरगहना तथा धनमाल चोरी भएको छ ।

घरमा कोही नभएको बेला मौका छोपी स्थानीय देवनाथ यादवको घरबाट चोरले गरगहना तथा धनमाल चोरी गरेका हुन् । घरभित्रको दराज फुटाएर सुनको सिक्का, सुनको मारबारी, मङ्गलसुत्र, सुनको मनटिक्का, सुनको बजरंगबली मूर्ति, सुनको औँठी चार थान, कान र नाकको टप, चाँदीको करा ४० भरको हसुली, ७० वटा चाँदीको सिक्का ४० भरीको हारी १० भरीको बलिया तीन सेटलगायतका सामान चोरी भएको यादवले जानकारी दिनुभयो ।

साथै चोरले एक थान मोबाइल सेट तथा पाँच हजार भारतीय रुपैयाँसमेत लगेको यादवले बताउनुभयो । यता प्रहरीले घटनाबारे छानबिन र चोरको खोजतलास भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्