वीरगन्जमा शिक्षक नै नक्कली भएपछी ….

<span class='c1'>वीरगन्जमा शिक्षक नै</span> <span class='c2'>नक्कली भएपछी ….</span>

वीरगन्ज । बिद्यार्थीलाई ज्ञान दिने शिक्षक नै नक्कली भएसी शिक्षाको अवस्था कस्तो होला रु सहजै अनुमान गर्न सकिन्छ शिक्षाको स्तर त खस्कने छ नै बिद्यार्थीको भविष्य डामाडोल समेत हुनेछ ।

झोले विद्यालयको समस्या समाधान भएलगत्तै नक्कली शिक्षक पक्राउ परेपछि अहिले हैलाखैला मच्चेको छ । एकताका पर्सा जिल्लामा झोले विद्यालयको बिगबिगी थियो र अहिले नक्कली शिक्षक फेला पर्न थालेका छन् । वीरगन्ज महानगरपालिकामा आव २०७४–७५ मा तलब माग गर्दा दुईजना नक्कली शिक्षक फेला परेका थिए । नेरा आधारभूत विद्यालय लालपर्सामा कार्यरत नक्कली शिक्षक अवधेश यादव र सितम्बर ठाकुरको जिल्ला प्रशासन कार्यालय, पर्साले खोजी शुरु गरेको हो ।

महानगरपालिकामा सो विद्यालयले शिक्षक तलबको माग गरेपछि यो रहस्य खुलेको हो । २०७४ फागुन १ गते दुवैले सो विद्यालयबाट नियुक्तिपत्र लिएको र जिल्ला शिक्षा कार्यालय, पर्साबाट समर्थनसमेत सोही मितिमा लिएको तथ्याङ्क फेला परेपछि महानगरपालिका अन्तर्गत शिक्षा एकाइ शाखाले अनुसन्धान शुरु गरेको थियो ।

नक्कली शिक्षकद्वय यादव र ठाकुरमध्ये यादव अनुसन्धानको क्रममा जिल्ला प्रशासन कार्यालयको तारेखमा छन् भने ठाकुर फरार छन् ।
पर्सा जिल्लामा चालीसभन्दा बढी नक्कली शिक्षक नियुक्त भएको बुझिएको छ जिशिकाका कर्मचारी तथा विद्यालय व्यवस्थापन र केही शिक्षकहरू यस्तो अवैध कार्यमा लागेको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्