महोत्तरीबाट चोरी भएको शिशुको शव भेटियो

<span class='c1'>महोत्तरीबाट चोरी भएको</span> <span class='c2'>शिशुको शव भेटियो</span>

महोत्तरी भदौ ११। महोत्तरीको औरही नगरपालिकाबाट आइतबार चोरी एक शिशुको शव मृत अवस्थामा फेला परेको छ ।

औहरी नगरपालिका १ बस्ने सन्तोष चौधरीको ८ महिनाको छोरी सोनाली कुमारी नजिकैको एक बगैंचामा मृत अवस्थामा भेटिएकी हुन् ।

शिशुको हत्या हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका सई प्रदीप भगतले बताए । शिशुको शरीरमा निलडाम देखिएका छन् ।

शिशुका बुवा सन्तोष चौधरी औरही बजारका किराना पसलका सञ्चालन गर्दै आइरहेका थिए । शिशुलाई आइतबार अज्ञात व्यक्तिले पसल नजिकैबाट लगेको थियो । उनको अपहरण भएको हुन सक्ने प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका सई भगतले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ८ महिले शिशु मृत फेला परेपछि चौधरीको घरमा रुवाबासी चलेको छ । घटनाको विरोधमा र दोषी पहिचान गरी कारबाहीको माग गर्दै उद्योग वाणिज्य संघ औरही शाखाले औरही बजार बन्द गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्