पाथिभरा गोल्डकप : हिलाम्य मैदान, हिलाम्य खेलाडी

पाथिभरा गोल्डकप : हिलाम्य मैदान, हिलाम्य खेलाडी

ताप्लेजुङ । मुसलधारे पानी परिरहेको थियो । बाँसका खाँबा तथा बाँसकै भाटाहरुले बनाएको प्याराफिटमा सयौँ दर्शकहरु छाता ओडेर फुटबल हेरिहेका थिए । खेलाडीहरु पानीको आहाल जस्तै बनेको खेल मैदानमा चुबुल्की मार्दै खेललाई चिसो पानीमा तताइरहेका थिए ।

व्यवस्थित खेल मैदान नहुँदा ताप्लेजुङका नागरिक खेल विधामा पछाडि पर्नु स्वभाविक हो पाथिभरा गोल्डकप फुटबल प्रतियोगितामा उपस्थित जनसहभागिता देखेपछि ताप्लेजुङमा । बर्सेनि खेलाइँदै आएको फुटबलप्रेमी धेरै भएको विज्ञहरु बताउँछन् । बर्सेनि हजारौ संख्यामा फुटबल हेर्न जिल्ला तथा विभिन्न बाहिरबाट फुटलबप्रेमी महानुभावहरु आउने गर्दछन् । तर, दुर्भाग्य खेल मैदान समेत विद्यालयको प्रयोग गरिएको छ ।

२०२६ सालदेखि निरन्तर चलिरहेको फुटबल प्रतियोगिताले व्यापकता पाएको छ । चार दिनदेखि जारी पाथीभरा गोल्डकपको आइतबारको खेलमा न्यूस्टार क्लब झापाले कर्णसिंह–सोनाम स्मृति क्लब ताप्लेजुङलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारीत ९० मिनेटको समयमा कतैबाट गोल नभएपछि रेफ्रीले अतिरिक्त समय ३० मिनेट थपेका थिए । अतिरिक्त समयको एक मिनेट बाँकी रहँदा न्यू स्टार झापाका खेलाडी रोमन भूजेलले एक गोल गर्दै टिमलाई जित दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्