तेह्रथुम र धनकुटाको सिमानामा पटकेडाँडा महोत्सव शुरु

तेह्रथुम र धनकुटाको सिमानामा पटकेडाँडा महोत्सव शुरु

धनकुटा, १२ भदौ ।
तेह्रथुम र धनकुटाको सिमानामा रहेको पटके डाडाँमा पहिलोपटक पटकेडाँडा धार्मिक तथा पर्यटकीय महोत्सव सुरु भएको छ । पटकेडाँडा जाऔं धार्मिक पर्यटन प्रबद्र्धनमा सहभागी होऔ भन्ने नाराका साथ सुरु भएको पटकेडाँडा धार्मिक तथा पर्यटकिय महोत्सबमा दैनिक हजारौं संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउन थालेका छन् । कोशी पहाडी सडकले छोएको धनुकुटा र तेह्रथुमको सिमानामा रहेको पटेकडाँडामा स्थानीय सरकारले पहलिो पटक पटकेडाँडा धार्मीक तथा पर्यटकिय महोत्सब आयोजना गरेको हो । पर्यटन वन तथा वातावरण मन्त्री जगदिस कुसियतले उद्घाटन गनुभएको महोत्सव ३ दिनसम्म चल्ने छ । महोत्सबमा २० हजार पर्यटकले अबलोकन गर्दा करिब ५० लाख बढीको आर्थिक कारोबार हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्